हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरु


अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरु गरेका छन् । पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यलाई लक्षित गरेको बताएको छ जसमा भूमिगत भण्डारणका साथै हुथी विद्रोहीहरूको मिसाइल र निगरानी क्षमताहरू समावेश छन्।

इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल र पश्चिमी देशहरूसँग जोडिएका लाल सागरमा रहेका जहाजहरूलाई निशाना बनाएका छन्। अमेरिका र बेलायतले ‘वस्तुको स्वतन्त्र आवतजावत’लाई जोगाउन प्रयास गरिरहेको बताएका छन्।

पेन्टागनले जारी गरेको संयुक्त विज्ञप्तिमा हुथी विद्रोहीहरू विरुद्ध नयाँ चरण सुरु गरिएको बताइएको छ। विज्ञप्तिमा भनिएको छस् ‘हाम्रो उद्देश्य तनाव कम गर्नु र लाल सागरमा स्थिरता पुनर्स्थापित गर्नु हो । हामी हुथी नेतृत्वलाई चेतावनी दिन्छौँ कि हामी जीवन बचाउन र उपकरणहरूको स्वतन्त्र आवतजावतको सुरक्षा गर्न हिचकिचाउँदैनौँ। निरन्तर धम्कीको बाबजुद, हामी यस महत्त्वपूर्ण जलमार्गमा जीवन र व्यापारको स्वतन्त्र प्रवाहको रक्षा गर्नेछौँ।’

बेलायत र अमेरिकाबिचको दोस्रो संयुक्त अभियानमा यमनमा हुथी विद्रोहीमाथि आठौँ हवाई हमला हो । जनवरी ११ मा दुवै देशले पहिलो पटक हमला सुरु गरेका थिए । यस हवाई आक्रमणलाई अस्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डले समर्थन गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।