थ्री स्टार क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताकोक्वार्टर फाइनलमा पुगेको छ । एञ्जल महर्जनको निर्णायक गोलमा आयोजक सहारा क्लबलाई मंगलबार २-१ ले हराउँदै थ्री स्टार अन्तिम ८ अन्तिममा पुगेको छ। थ्री स्टारलाई जिताउन एञ्जल र योगेश गुरुङ गोल गरे । सहाराका आशिष गुरुङले १ फर्काए थिए । योगेशको गोलमा पाँचौं मिनेटमा थ्री स्टारले अग्रता लिएको थियो । रिवाउन्डमा प्राप्त बलमा उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका हुन् ।
२३ औं मिनेटमा आशिषले बराबरी गोल गरेका थिए।लक्ष्मण रुचालले फ्रिकिकमा आशिषले हेड मार्फत गोल गरेका हुन् ।
५९ औं मिनेटमा एन्जलले गोल गर्दे थ्री स्टारलाई दोस्रो पटक अग्रता दिलाएका थिए । उनले झन्डै ४० यार्ड टाढा प्राप्त फ्रिकिकमा गोल गरेका थिए। त्यहि गोल खेलको निर्णायक बन्यो। प्रतियोगिताको दोस्रो बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।