चेल्सी कारबाओ कपको फाइनलमा


मिडल्सब्रोलाई पराजित गर्दै चेल्सी कारबाओ कपको फाइनलमा पुगेको छ। गएरातिको भएको सेमिफाइनलको लेग-२ मा मिडल्सब्रोको पोष्टमा ६ गोल गर्दै चेल्सी फाइलन पुगेको हो। पहिलो लेगमा चेल्सी १-० गोलले पराजित भएको थियो। स्टामफोर्ड ब्रिजमा गएराति पहिलो हाफमै चेल्सीले आफ्नो खातामा ४ गोल जोडेको थियो। १५ औं मिनेटमा मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोल गरे। २९ औं मिनेटमा इन्जो फर्नान्डेजले, ३६ औं मिनेटमा डिसासीले र ४२ औं मिनेटमा कोल पालमरले गोल गरे।

दोस्रो हाफको ७७ औं मिनेटमा पनि कोल पालमर र ८१ औं मिनेटमा नोनी मेड्युकेले गोल गरे। चेल्सीले समग्रमा ६(१ गोलले मिडल्सब्रोलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। उसले फुलह्याम र लिभरपुलबीचको विजेतासँग फाइनल खेल्नेछ।