कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन


दिपक के.सी. काठमाण्डौं । नेपाल पुरूष प्रधान देश हो । यहाँ परम्परागत सोचमा परिवर्तन भएको छैन । महिलाले दाईजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुबिवाह, देहव्यपार, बैवाहिक बलत्कार, बहुविवाह, चेलीबेटी बेचविखन र ओसारपसार, यौन दुरूत्साहन, यौन शोषणलगायतका हिंसाले यहाँको समाज अछुतो रहेको छैन । राज्यको संरचनाले नै महिलाहरूको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छैन । पुरूष प्रधान मानसिकताले गर्दा महिला नेतृत्व अगाडि आउन नसकेको हो नेपाली समाजमा । रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण महिलालाई दोस्रो दर्जाको नागरिककोरूपमा हेरिनु, समाबेशी अवसरबाट वञ्चित गराइनु, महिलाको स्वतन्त्रता, गतिशीलता र शरीरमाथि अरूले नियन्त्रण गर्ने प्रवृतिको कारण पनि महिला माथि हिंसा भएको अवस्था छ ।

महिलाको जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई बुझिन्छ । यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गरिन्छ । यसले समाज विकासको क्रमलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । खास गरी महिलाहरूको जैविक बनावटलाई आधार बनाएर समाजले महिलाहरूलाई गर्ने व्यवहारले हरेक महिलाको प्रगतिको बाधक बनिरहेको अवस्था रहेको छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू वन्चित छन् ।
यस्तो सुस्मिताको मृत्यु आर्थिक कारणले भएको पीडित परिवारको ठहर छ । सुस्मिताका बाबुआमाले सुस्मिताका श्रीमान मृतक रूपेन्द्रले एक ईन्स्योरेन्स कम्पनीमा १० लाखको विमा गरेको र उनले काम गरेको कम्पनी क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालि हेटौंडाबाट उनको मृत्युपछि पाउने बीमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत ३८ लाख २८ हजार ४७२ रुपैयाँ भुक्तानी विषयमा पारिवारिक विवाद हुँदा उनको निर्मम हत्या भएको पीडितको बुबाको निश्कर्ष छ । सुस्मितालाई सिलौटोले थिचि थिचि कुरुर हत्या गरियो तर अहिले सम्म न्यायको खोजिमा भौतारिएकि छिन सुस्मििताकी आमा ।

छोरीको न्यायको लागी आमाले २ बर्ष सम्म न्यायको लड्नुप¥यो न्याय पाएँ भनेर थोरै महसुस गर्न नपाउँदै पीडित परिवारमाथि ठुलो आघात पुगेको छ । हेटौंडा उपमहानगरपालिका ४ कर्रा सूर्य चोकस्थित आफ्नै घरमा सुस्मिता क्षेत्रीको २०७७ साल असार १ गते राति निर्मम हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको भन्दै ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । २०७६ वैशाख १८ गते सुस्मिताले प्रकाशका छोरा रूपेन्द्र थापासँग बिवाह गरेकी थिईन् । बिबाह भएको ६ महिनापछि अर्थात् असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको निधन भएको थियो । रुपेन्द्रको निधनपछि सुस्मिता आफ्नै ससुरा प्रकाश थापाबाट यौन हिंसामा परेकी समेत अदालतको ठहर छ । आफ्नै ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । आफ्ना ससुरा र घरपरिवारले दिएको शारीरिक मानसिक र यौनजन्य दुरव्यवहारका बारेमा सुस्मिताले बनाएर राखेको नोट प्रहरीले फेला पारेको थियो ।

नौ नौ महिना सम्म गर्भमा राखेर प्रसब पीडा सहेर जन्माएकी एकमात्र छोरी गुमाउनु पर्दा कस्को आमाको मनमा शान्ति हुन्छ ?मृतक सुस्मिताकी आमा गंगा केसीले आफूले अब सुस्मितालाई पाउन नसके पनि अब कसैका छोरीहरु नमारिउन् भनेर न्यायिक लडाइ लडिरहेको बताईन् । यसरी मारिएका छोरीहरुको हत्यारालाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै उनले आफूले न्याय पाउने विश्वास व्यक्त गरिन् । ४ बर्षदेखी रुनु र कराउनु सिवाय अरु केहि बिकल्प छैन सुस्मिताको आमाको । दैनिक जिवन यापनका लागी बिभिन्न कष्ट भोग्दै आएकी सुस्मिताकी आमा छोरी गुमाउनुको पीडा मनभरी बोकेर न्यायको आशा मार्नुभएको छैन ।

आज छोरी गुमाउनुको पीडा त छदैंछ न्याय पाएँ भनेर थोरै महसुस गर्न नपाउँदै पीडित परिवारमाथि ठुलो आघात पुगेको उन्ले बताइन् । सुस्मिताकी आमाले आज छोरी गुमाउँदा न्यायको लडाइ लड्दै गर्दा आफुलाई न्यायको आभास नभएको बताउछिन् । उन्ले भनिन आज हामि पीडित परिवारले यो देशमा बाँच्न पाउने अधिकार खोई कसरी बाँच्ने यो राज्यको सुसासन खोइ भन्दै राज्य सम्यन्त्रलाई समेत प्रश्न गरेकी छिन् । मनमा पीडाको गाँठो पार्दै छोरी गुमाउनुको पीडाले आफुले सर्बस्व गुमाएको उनि बताउँछिन् । उन्ले भनिन ज्यानको आहुती दिन तयार छु तर ति अपराधिलाई नछोड्ने चेतावनी दिएकी छिन् ।

सुस्मिताको मृत्यु आर्थिक कारणले भएको पीडित परिवारको ठहर छ । सुस्मिताका बाबुआमाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सुस्मिताका श्रीमान मृतक रूपेन्द्रले एक ईन्स्योरेन्स कम्पनीमा १० लाखको विमा गरेको र उनले काम गरेको कम्पनी क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालि हेटौंडाबाट उनको मृत्युपछि पाउने बीमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत ३८ लाख २८ हजार ४७२ रुपैयाँ भुक्तानी विषयमा पारिवारिक विवाद हुँदा उनको हत्या भएको पीडितको बुबाको निश्कर्ष छ । जिल्ला अदालत मकवानपुरले उनीहरुलाई घटनामा दोषी देखाएर सजाय ठहर गरिसकेको अवस्थामा उच्च अदालतको फैसला प्रभावित पार्न विभिन्न चलखेल भइरहेको उनीहरुको आरोप छ ।

‘सुस्मिताको श्रीमानको मृत्यु भएपछि श्रीमतिले पाउनु पर्ने अधिकार अहिलेसम्म बञ्चितनै छ । नौं महिना उनले पाइनन् । ज्वाईँले काम गरेको क्लोजर सिस्टम इन्टरनेसनल भएको पैसा विभिन्न दवाब भएर अहिलेसम्म आएको छैन । सुस्मिताले साइन गरेकी छन् । सुस्मितालाई उनको परिवारले थितेर हत्या गरे । उनी जिउँदै छदा पनि यो अधिकारबाट बञ्चित गराइयो,’– सुस्मिताका बुबाले भने ।

सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेका छैनन् । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने हुन्छ । ‘सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेका छैनन् । महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्ने हुन्छ । यस्का लागी राज्यले महिलाका लागी प्रभावकारी कानुन बनावस र कार्यन्वयन होस ।