अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण


काठमाडौँ, ३१ असार: प्रतिनिधिसभा सांसद पशुपति शम्शेर जबराले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले आइतबार देशका विभिन्न क्षेत्रमा बाढी र डुबानका कारण क्षतिभएकाले सरकारले आवश्यक राहत तथा उद्धारमा ध्यान दिन आग्रह गर्नुभयो ।

काठमाडौँ, ३१ असार : प्रतिनिधिसभा बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिर : रत्न श्रेष्ठ/रासस

सांसद माधवप्रसाद सापकोटाले आइतबार भएको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न ठाउँका पुलहरू बगाएको र जिल्लाका अधिकांश परिवार विस्तापित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो राति भएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका दर्जनाँै परिवार विस्तापित भएका छन् । अहिले पनि वर्षा भइरहेकाले सम्भावित जोखिम र क्षतिका घटनाप्रति गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । अवरुद्ध भएका सडकमा तत्काल अस्थायी पुलको व्यवस्था गरी आवजजावत सहज बनाउन र विस्तापित नागरिकको यथोचित बसोबासको व्यवस्थासहित क्षतिपूर्तिको जोडदार माग गर्दछु ।”

सांसद तोसिमा गौतमले सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच भएको सम्झौता पारदर्शी हुनुपर्ने र महिला, दलित, मधेशीलगायत सबैको सहभागितासहित सरकार समावेशी बन्नुपर्ने माग गर्नुभयो ।