काठमाडौंको शंखमुलमा एक पुरूषको हत्या


काठमाडौं । काठमाडौंको शंखमुलमा एक पुरूषको हत्या भएको छ। आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि पुल हाउसमा एकजना पुरुषको हत्या भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनको शरीरमा घाउचोटका निशान रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।