भगवतीमाईमा खेलकुद महोत्सव हुँदै


काठमाडौँ, ३ असोजः बिजयादशमी तथा शुभ दिपावलिको पावन अवसरमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल मन्त्रलाई स्मरण गर्दै आउदो कार्तिक ०७ गते देखि ११ गते सम्म चौथो भगवतिमाई कप अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीता–२०८१ को आयोजना गरिएको छ । भगवतिमाई गाउँपालिकाका साथै दैलेख जिल्लाकै अहिले सम्मको सवैभन्दा ठूलो धनराशि रहेको प्रतियोगितामा देशका ७५३ वटै पालिकाहरुलाई खुल्ला प्रतिस्प्रधाका रुपमा आमन्त्रण गरिएको खेलकुद बिकास समितीका अध्यक्ष शमशेर खड्काले बताउनुभयो । प्रतियोगितामा सहभागि हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर १० हजार लाग्ने उहाँले जानकारी जानकारी दिनुभयो ।

जिल्लामै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट भगवतीलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ’, उहाँले भन्नुभयो देशको राष्ट्रिय खेल भलिबल भएकाले जिल्लाभित्र भलिबल खेलाडीहरु धेरै रहेकाले युवा खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
यस खेललाई भव्य तथा सब्यरुपमा सम्पन्न गर्नका लागि सम्पुर्ण जिल्लाबासीको अमुल्य सहयोगको अपेक्षा गरेको उहाँको भनाई छ । बिगतका बर्षमा भगवतिमाई गाउँपालिकाले ३ वटा जिल्ला र प्रदेश भित्रका पालिकाहरुबिचको खेलकुद कार्यक्रम सम्पन्न गरिसकेको छ । यसपालिको खेल पनि त्यही ढाचामा भएता पनि केही फरक गर्न खोजिएको अध्यक्ष खड्काको भनाइ छ ।

खेलाडीको क्षमता बिकास र खेलको स्तरोन्नति गर्नका निमित्त यो पालिको सहभागी पालिका स्तरका टोलिहरुले आफ्नो पालिका बाहेकका राष्ट्रिय स्तरका ३ जना खेलाडीहरुलाई आफ्नो पालिकामा सामेल गर्न पाउने र बाँकी सम्पुर्ण खेलाडीहरु आफ्नै पालिका भित्रको सहभागी गराउनु पर्ने बताइएको छ । सो खेलको उद्धघाटन २०८१ साल कार्तिक ०७ गते गरिने छ र ८ गते लिग चरणको सम्पुर्ण खेल सम्पन्न गर्नुपर्ने खेलकुद बिकास समिती भगमतीमाइले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद तीन लाखसहित कप, पदक प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख ५० हजारसहित पदक प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनेले नगद ५० हजार हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले नगद कदर पत्रसहित नगद २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको हरेक बिधाका उत्कृष्ट खेलाडीले १०हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । भगवतिमाई खेलकुद महोत्सव अन्तर्गत हामिले खेलकुद मात्र नभई विविध सास्कृतिक कार्यक्रमहरु पनि जोड्ने आयोजक टिमले प्रतिबद्धता व्यक्त गरेको छ ।

खेलकुदका नियमहरु :
१) खेल अन्तर पालिका स्तरको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेछ ।
२) एउटा टोलिमा जम्मा १२ सदस्य हुनेछन । (खेलाडी १० जना टिम प्रशिक्षक १ र ब्यबस्थापक १ सहित)
३) हरेक पालिकाले आफ्नो पालिका बाहेकका अन्य पालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका ३ जना खेलाडी टोलिमा समाबेश गर्न पाउनेछ । (लिबिरोको हकमा कुनै नियम लागु हुने छैन।)
४) समूह चरणका सम्पुर्ण खेलहरु ३ सेट तथा सेमिफाइनल पछिका सम्पुर्ण खेलहरु ५ सेटको हुनेछन । फाईनल खेल प्रथम र दोस्रो स्थानका लागि मात्र हुनेछ । सेमिफाइनलका उपबिजेता दुवै टोलिलाई समान तृतीय स्थानको पुरस्कर बितरण गरिनेछ ।
५) भलिबलको टिम दर्ता मिति २०८१ कर्तिक २ गते सम्मका लागि राखिएको छ । त्यस भन्दा पछि आउने कुनै पनि टोलिलाई खेलमा सहभागी गराईने छैन ।
६) सहभागी टिमका आधारमा यहीँ मिति २०८१ साल कार्तिक ०४ गतेका दिन भलिबल प्रतियोगिताको टाई–सिट सार्वजनिक गरिनेछ ।
७) सहभागी टिमका सम्पुर्ण खेलाडी तथा अफिसियलहरुले खेल सुरु हुने दिन अगावै (कार्तिक०६ गते) खेल हुने स्थानमा पुगिसकेको हुनुपर्नेछ । खेल उद्घाटन समारोह भन्दा पहिले नै समुह चरणका २ खेल हुने भएकाले समयमै उपस्थित हुनुपर्नेछ । अन्यथा आयोजक जिम्मेवार हुनेछैन ।
८) खेल भित्र आईपर्ने हरेक विवाद वा जुनसुकै समस्या होस त्यसको सम्पुर्ण अधिकार आयोजक र रेफ्रीमा निहित रहनेछ । आयोजक र रेफीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
९) प्राथमिक उपचार बाहेकको ठूलो घाउचोट तथा बिरामी भएमा स्वयंम पालिका जिम्मेवार हुनेछ । कार्यक्रम हुने मिति समय र स्थान ।
समयतालिका
उद्घाटन सत्र २०८१ साल कार्तिक ०७ गते
बिहान ठिक ११ बजे
कार्तिक ०८ गते सम्म लिग चरणका खेलहरु सम्पन्न गर्ने
कार्तिक ०९ गते क्वाटर फाईनल चरणका खेलहरु सम्पन्न गर्ने
कार्तिक १० गते सेमिफाइनल चरणका खेलहरु सम्पन्न गर्ने
कार्तिक ११ गते फाईनल चरणका सम्पुर्ण खेलहरु सम्पन्न गर्ने र पुरस्कार बितरण सम्मान कार्यक्रम सहित समापन समारोह । भगवतिमाई अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८१ को पुरस्कार राशी ।
भलिवल तर्फः
प्रथम पुरस्कार : रु ३,००,०००
दृतिय पुरस्कार : रु १,५०,०००
तृतीय पुरस्कार : रु ५०,०००,रु ५०,०००(समान २ वटा समुहलाई तृतीय स्थान प्रदान गरिने )

उत्कृष्ट बिधातर्फ:

सर्वोत्कृष्ट खेलाडी : रु. २५,०००
वेस्ट स्पाईकरः रु १०,०००
वेस्ट सेटर : रु.१०,०००
वेस्ट मिड व्लकर : रु. १०,०००
वेस्ट लिवेरो : रु. १०,०००
वेस्ट कोच : रु १०,०००

सटफुट (छेलो)तर्फ :
प्रथम पुरस्कारः रु. १०,०००
दृतिय पुरस्कारः रु. ६,०००
तृतीय पुरस्कारः रु. ३,५००
दर्ता शुल्कः रु. १,०००
दर्ता गर्ने अन्तिम मिति २०८१ कार्तिक ०६ गते सम्म।